निजामति कर्मचारी संगठनको कार्यालयमा विवाद, दुवै पक्षका नेताहरु पक्राउ

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । एमाले विभाजनसँगै कर्मचारी संगठन पनि विभाजित भएको छ । अध्यक्ष केदार देवकोटा पक्षले केन्द्रीय कार्यालयमा कब्जा गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको थियो ।

सिंहदरवारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेको हो । प्रहरीले दुवै पक्षका नेताहरुलाई पक्राउ गरेको छ । अध्यक्ष केदार देवकोटासहित संस्थापन पक्षका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा लगिएको छ भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा लगिएको छ । यसअघि प्रहरीले १० मिनेटमा कार्यालय खाली गर्न भन्दै निकालेको थियो ।

पूर्व अध्यक्ष मोहन घिमिरेले भने आफूहरुलाई महेश बस्नेतका गुण्डा लगाएर कार्यालयमा प्रवेश गर्न नदिइएको र प्रहरीले पक्राउ गरेको बताए । उनले भोलि पनि कार्यालयमा जाने बताए ।कर्मचारी संगठन विभाजनसँगै आधिकारिकताको विवाद बढेको छ । घिमिरे पक्ष आधिकारिकता दावी गर्दै श्रम कार्यालयमा गएको छ । तर अध्यक्ष देवकोटाले भने आफूसहित कार्य समितिको बहुमत संगठनमै रहेकाले आफूहरु नै आधिकारिक रहेको बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.