‘प्रदेश सरकारले बिनाधितो ऋण दिन्छ, गाउँघरमै स्वराेजगार गराैं’

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिनेलगायत कार्यक्रम अघि सारेकाले घरैमा रोजगार पाउने बताएका छन् ।उनले कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य गर्न सरकार प्रयत्नशिल रहेकाे समेत बताए । विभिन्न कामकाे सिलशिलमा तीन दिनदेखी डाेटीमै रहेका मुख्यमन्त्री भट्टले कार्यकर्ता भेटघाट तथा छलफलमा यस्ताे बताएका हुन् ।

उनले भने, “नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौँ, अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ।” कृषि क्षेत्रलगायत विभिन्न व्यपार व्यबसाय काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका कारण अब कोही पनि बेरोजगार नहुने उनको भनाइ थियो। मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले अन्य कुराहरु छोडेर नागरिकको विकासमा लाग्नुपर्ने बताए। प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले गति पाएको समेत उनले जिकिर गरे।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघिसारी काम गरिरहेकाले यहाँका पर्यटकीय क्षेत्र चाँडै नै देशविदेशमा चिनाउने गरी काम भइरहेको मुख्यमन्त्री भट्टले बताए। उनले भने, “सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम सुरु भएका छन्। अब देशविदेशमै यहाँका पर्यटकीय क्षेत्र चिनिने छन्।” 

यसैगरी सुदूरपश्चिम क्षेत्रको विकासका लागि वर्तमान सरकार निकै चासोका साथ अगाडि बढिरहेको उहाँको भनाइ थियो। मुख्यमन्त्री भट्टले वर्षौँदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणका लागि केन्द्र सरकारसँग पहल भइरहेको बताए। उनले भने, “प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएका कारण केन्द्र सरकारसँग निर्माणका लागि पहल गरिरहेका छौँ, पश्चिम सेती मात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुन्छ।”

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.