दुई करोड बढीका गरगहनासहित दुई जना पक्राउ

धनगढी । कैलालीका एक युवकसहित दुई जना दुई करोड बढीका गरगहनासहित पक्राउ परेका छन्। काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरिएको हो।

दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरका गरगहना बरामद गरिएको छ।

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.