बुवाकाे स्मरणमा गाैशालालाई सहयाेग

धनगढी । आज पितृ ओैशी अर्थात बुवाकाे मुख हेर्ने दिन । पितृ बनिसकेका बुवालाई स्मरण गर्दै धनगढीका केही मानवता मन भएका व्याक्तित्वहरुले गाैशालालाई सहयाेग गरेर याे दिवस मनाएका छन् ।

धनगढी उपमहानगरपालिका-३ महाेना नदी किनार गाैशालामा रहेका गाई बाच्छालाई दान खुवाएर उनीहरुले पितृ भैइसकेका आफ्ना बुवालाई सम्झेका छन् । यस गाैशालाकाे सुरुवातदेखि नै अभियानकर्ता यस्पाल अवस्थीका अनुसार धनगढी-१३ माेहनपुर, घर भै हाल डेनमार्कमा बस्ने सागर कुँवरले आज बुवाकाे मुख हेर्ने दिनकाे अवसरमा ४ बाेरा बरान ( गाईले खाने अन्नदाना) गाैशालालाई सहयाेग गरेका छन् ।

यस्तै धनगढी-३ मित्रनगर बस्ने लक्ष्मी राेकायाले आफ्ना बुवाकाे सम्झनामा १ कुइन्टल र धनगढी-३ कै भन्सार बस्ने हेमराज पन्तले गाईहरुकाे खाना व्यबस्थापनकाे लागि नगद १० हजार सहयाेग गरेका छन् ।

दुध पाउन्जेलसम्म गाई घरमा पाल्ने र त्यसपछि छाडा छाेड्ने सामाजिक प्रबृति बढ्दै गएपछि धनगढीका केही गाै स‌रक्षण अभियान कर्ताले यहाँ गाैशाला सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.