अत्तरिया नजिक मनहरा नदीमा डुवेर २ बालकको मृत्यु
कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको मनहरा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ । नदीमा डुबेर मृत्यु हुनेमा स्थानिय पुस्कर थापाका १० बर्षीय छोरा योगेन्द्र थापा र सोही ठाउँका हेम थापाका छोरा १४ बर्षीय छोरा अयुग थापा रहेका छन ।
उनीहरुको शुक्रबार दिउँसो मनहरा नदीमा नुहाउन गएको बेला डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानियले खोजी गर्दा नदी किनारामा कपडा भेटिएको थियो ।
सोही कपडाको आधारमा खोजी गर्दा कपडा भेटिएको ठाउँभन्दा करिब ३० फुट तल नदी किनारामा राति १०: ५० बजेको समयमा शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुवै जनाको सव पोष्टमार्टमका लागि राती नै धनगढी स्थित सेती अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।