विङ्गर र अटो एकआपसमा ठाेक्किदा ३ जनाको मृत्यु, ४ घाईते
धनगढी । कैलालीको पुर्व पश्चिम राजमार्ग गाैरीगंगामा विइङ्गर र अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । शुक्रबार राती कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा पुर्बतर्फ गईरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पुर्वबाट पश्चिमतर्फ आईरहेको से १ ह २५१० नम्बरकोे अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका–९ का २४ बर्षीय युवराज चौधरी, सोही ठाउँका २६ बर्षीय भिगम चौधरी र १९ बर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटना भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी रहेका छन्। यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्।घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्।विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ।