भारतविरुद्ध १-१ को बराबरीमा रोकियो नेपाल

काठमाडौं । भारतीय फुटबल टोलीसँग आज भएको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतलाई नेपालले १-१ को बराबरीमा रोकेको हो।

सुरुवातदेखि नै भारतले खेलमा दबाब बनाएको थियो। २८ औँ मिनेटमा पुजन उपरकोटीले पोस्ट नजिकै बाट गरेको प्रहार किपरको दाइने तर्फबाट बाहिरिएको थियो। खेलमा नेपाले पहिलो अग्रता लिएको थियो। खेलको ३६ औँ मिनेटमा भारतीय टोलीका डिफेन्डर र गोलकिपरबीच समन्वय बन्न नसकिरहेको अवस्थाको फाइदा उठाउँदै अन्जन बिस्टले गोल गरेका थिए।

६१ औँ मिनेटमा भारतीय कप्तान सुनिल छेत्रीको प्रहार किरण चेम्जोङले पन्च गरे पनि अनिरुद्र थापाले बललाई जालीको दिशा दिए। दोस्रो हाफमा नेपाल थप आक्रामक देखिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.