(एमसीसी) सम्झाैताकाे चर्चा भैईरहेका बेला प्रचण्ड र नेपाल ‘वन टु वन’ वार्तामा

सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच केहीबेर अघिदेखि वार्ता जारी रहेको स्रोतले जनाएको छ ।

हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएकोबारे अध्ययन गर्न एक कार्यदल गठन गरेकाे छ । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–चीन सम्बन्धलाई असर गर्ने प्रतिक्रिया दिइरहेका छन् ।

साथै सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भइरहेका बेला विगतमा एमसीसीको विरोधमा रहेका दुवै नेता अहिले सरकारमा समेत भएका बेला कस्तो धारणा बनाउछन् भन्ने चासो बढि रहेको छ ।एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन ।

यहीबेला बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउँदैछन् । आगामी साता एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा छलफल गर्न नेपाल आउँदैछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.