Dashain Suvakamana

नेपाल र भारत भिड्दै: नेपालीले वीर गोर्खालीकाे परिचय दिने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार हुने भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध हार वा बराबरीका लागि नभई नेपालले जित्नका लागि खेल्ने बताएका हुन्।

‘भारत निकै बलियो टोली हो। दक्षिण एसियामा संधै उसको दबदबा रहँदै आएको छ। यस्तोमा भारतलाई हराउन नेपाललाई निकै कठिन हुनेछ। त्यसका लागि हाम्रा खेलाडीले निकै मेहनत गर्नुपर्नेछ’, प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले जित्नकै लागि खेल्नुपर्नेछ र खेल्छौं पनि।’

प्रशिक्षक अलमुताइरीले चिरप्रतिद्वन्द्वी भारतसँग इतिहास नभई वर्तमानलाई हेरेर खेल खेल्ने बताए। उनले नेपाली टोलीले वरीयतालाईभन्दा पनि खेललाई ध्यान दिने बताए। ‘हामी इतिहास हेरेर होइन, वर्तमानलाई हेरेर खेल खेल्छौं’, उनले भने, ‘त्यसैले हामीलाई इतिहास र वरीयताले कुनै प्रभाव पार्दैन। उनीहरू बलिया छन्। हामी पनि वीर गोर्खाली हौं।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ। यस्तै दोस्रो खेल आइतबार हुनेछ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा सीमित दर्शक राख्न सरकारले स्वीकृति दिएको छ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.