कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट, यस्ताे छ तालिका
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
बोर्डले हिजै परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ। कोभिड–१९ को सङ्क्रमणका कारण यसअघि दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा गत साउन ३१ देखि सञ्चालन गर्ने तयारी गरे पनि कोभिड–१९ को महामारी नियन्त्रण नभएको भन्दै स्थगित गरेको थियो।
यस्ताे छ परीक्षा तालिका