प्रदेश १ मा पनि १० जना संसद नेकपा (एकिकृत समाजवादी)पक्षमा

काठमाडौं । प्रदेश नं. १ का १० सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । प्रदेश १ का सांसदहरू आज सनाखतका लागि निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालय पुगेका छन् ।

एमाले परित्याग गरी ८ जना प्रदेश सांसदहरु सनाखतका लागि निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । आयोगको कार्यलय पुग्नेमा गणेशकुमार काम्बाङ्ग, राजेन्द्रकुमार राई, पदमकुमारी गुरुङ, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, राजन राई, सरिता थापा र सावित्राकुमारी रेग्मी रहेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका थप दुई सांसद कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले पनि सनाखत गर्ने जानकारी दिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.