अख्तियारको टोली गोदावरी नगरपालिकामा पुगेपछि कर्मचारी भागे
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालय भित्र पुगेर कागजात अध्ययन गर्न खाेजेपछि केही कर्मचारीकाे भागाभाग भएकाे बताईएकाे छ ।
अख्तियारकाे टोली यस वर्ष सबभन्दा पहिले गाेदावरी नगरपालिका भित्र पसेकाे हाे । तर, नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हेर्न आएको बताए । उनले टोली नगरपालिकालाई खबर गरेर नै आएको बताए ।