काठमाण्डाैंकाे गाेकर्णेश्वरमा भाेलिदेखि विद्यालय खुल्ने
काठमाडौँकाे गोकर्णेश्वर नगरपालिका क्षेत्रका विद्यालयहरू मंगलबारदेखि खुल्ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्णसतर्कता र सजगकताको अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति १५ भदौ ०७८ देखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकाले सोहीअनुसार विद्यालय सञ्चालन गर्ने, गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ ।’
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय स्वयंले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रूपमा तय गर्नसमेत नगरपालिकाले सूचित गरेको छ ।