मुख्यमन्त्री भट्टकाे आव्हान: ‘आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गरेका छन्। शनिवार धनगढीमा भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा बढी सफलता मिल्नेछ भन्दै यस्ताे आव्हान गरेका हुन् ।
विदेशकाे कमाईवाट नेपाली समाजकाे आपत विपद्मा सहयाेग पुराईरहेका मनलाई धन्यवाद दिदै मुख्यमन्त्री भट्टले बैतडीकी स्वर्गिय भागरथी भट्टकाे जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पु¥याइएको आर्थिक सहयोगको सरहाना गरे । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्लाकी भागिरथी भट्टका परिवारलाई विदेशमा रहेका नेपालीको सङ्गठनद्वारा सङ्कलित दुई लाख ७० हजार ८४० हस्तान्तरण गरे।
मुख्यमन्त्रीले सीप सिकेकालाई स्वरोजगारका अवसर सिर्जना गराउने व्यवस्था सरकारले गरिरहेको बताउदै विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गरेका हुन् । कार्यक्रममा विकासमा सिर्जनशीलता नेपाल नामको संस्थाको पहलमा विदेशमा रहेका नेपालीको सङ्गठन नेपलिज एशोसिएशन आफ भिक्टोरिया न्याभ र मल्टी डाइनमिक रियल स्टेट मेलवर्न अष्ट्रेलियाले उक्त रकम सङ्कलन गरी पठाएको अध्यक्ष दिल्लीराज भट्टले बताएका थिए।