खेलाडीसँगै कुवेतमा रहेका प्रशिक्षक वाटमोरले दिए राजीनामा
नेपालको राष्ट्रिय क्रिकेट टोलीका अष्ट्रेलियाली प्रशिक्षक डेब वाटमोरले राजीनामा दिएका छन्। राष्ट्रिय टोलीसँग यतिखेर कुबेतमा रहेका वाटमोरले इमेलमार्फत् राजीनामा पठाएका हुन्।
वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। राजीनामा पत्रमा उनले पारिवारिक जिम्मेवारीका कारण नेपालको टिम सम्हाल्न नसकिने जानकारी गराएका छन्।
‘कोरोना महामारीका कारण मलाईं परिवारबाट टाढा रहन सहज छैन। त्यसकारण यो जिम्मेवारीबाट अलग हुन चाहन्छु,’ वाटमोरलाई उद्धृत गर्दै चन्दले भने। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली यतिखेर कुबेतमा रहेकाे छ ।