नदीवीचमा फसेका दुई जनाको मध्यरातमा उद्धार

धनगढी । कैलालीको शिवगंगा नदी र झिलखोलाको बिच भागमा फसेका दुई जनाको उद्धार गरिएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्दार गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। घाँस काट्न गएका उनीहरुको राती १२ बजे उद्दार गरिएको उनले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.