सुदूरपश्चिमेलीकाे महान चाँड ‘गाैरा पर्व’ आजदेखि सुरु

धनगढी । आजदेखि सुदूरपश्चिमेलीहरुकाे महान चाँड गाैरा पर्व सुरु भएकाे छ ।  भाद्र कृष्ण पञ्चमी अर्थात् गौरा पर्वको पहिलो दिन ‘बिरूडा पञ्चमी’मा पाँचथरी गेडागुडी भिजाउने दिन ।

आजको दिन पाँचथरी गेडागुडी(गहत, चना, केराउ,मटर, गुराँस) लाई सङ्कलन गरी बिधिवत् कर्मकाण्ड बिधि र ‘फाग’, ‘माङल’ गाउँदै गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसादस्वरूप संकलित ‘ बिरूडा’ लाई एउटा पवित्र ताम्रपत्र, पितल वा उपलब्ध भाँडामा एकसाथ मिलाई मांगलिक पूजा- आजाका साथ यहाँका ब्रतालु महिलाहरूबाट भिजाउने काम सुसम्पन्न हुने प्रध्यापक डा. टीएन जाेशीले जानकारी दिए।

उनका अनुसार गाैरा पर्व सुदूरपश्चिमेलीहरुकाे माैलिक तथा संस्कृतिक पर्व हाे । गाैरा पर्व आजदेखि सुरु भएपनि अष्ठमीकाे दिनलाई यसकाे मुख्य दिन मानिन्छ । सरकारले पनि त्यसै दिन सार्वजनिक विदा दिने गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.