मर्न तयार कार्यकर्ता लेखराजकाे स्वार्थपन देखेर चिडिए: बिरमान चाैधरी
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बिरमान चौधरीले लेखराज भट्ट स्वार्थी नेता रहेको आरोप लगाएका छन् । माओवादी केन्द्र गोदावरी नगर कमिटीले आज अत्तरियामा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी पाटीवाटै माथि उठेका भट्ट अहिले आफ्नो नीजि स्वार्थपूर्तीका लागि केपी ओलीको पार्टीमा मिलेको आरोप लगाएका हुन् ।
आदर्श मानेर बलिदान गर्न तयार माओवादी कार्यकर्ता लेखराजले जव स्वार्थीपना देखाए तव उनलाई छाड्दै गएकाे भन्दै उनले पार्टी थुप्रै नेता कार्यकर्ताको त्याग, तपस्या र जनताको बलिदानवाट अगाडी बढेपनि अहिले पदको लाभमा अर्कातिर लागेकाले अन्य कार्यकर्ताहरुलाई उनको पछाडी नलाग्न आग्रहसमेत गरे ।
सुदूरपश्चिम प्रदेश सभा सांसद समेत रहेका चौधरीले आफुलाई पनि भट्टले विगतमा थुप्रै लोभ लालच देखाएपनि आफु त्यस्तो लोभमा नगएको बताएका छन् ।
“उहाले आफ्नो निजि स्वार्थमा लागि मलाई दुईवाट प्रस्ताव राख्नुभयो, एउटा हामी छुट्टै क्षत्रिय पाटी बनाउ तपाई महासचिब म अध्यक्ष भन्नुभयो अर्को तपाईलाई मुख्यमन्त्री बनाउछु, केपी ओलीलाई मनाउने मेरो जिम्मा भन्दै तीन महिनासम्म ताकेता गर्नुभयो तर मैले हुन्न भनेर मानिन” उनले भने- केपीको आर्शिवादले मलाई मुख्यमन्त्री चाहिएको छैन, म आफ्नै सर्वाहार पाटीले जुनसुकै जिम्मेवादी दिन्छ त्यो सम्हाल्न तयार छु । “
भट्ट अन्तिममा आएर प्रचण्डले भिम रावललाई नेता बनायो भन्ने आरोप लगाएर पार्टी छोडेको बताए । लेखराज भट्टले माओवादी छोडेपछि पुरै सुदूरपश्चिका माओवादीहरु लर्को लाग्छ भन्ने सोचेपनि त्यो सम्भव नरहेको उनको भनाई थियो । ‘सुदूरपश्चिमको हरेक कुरामा नियुक्ती गर्नुपर्दा लेखराज भट्टकै कुरा सुनिन्थ्यो उनकै चल्थो । तर अहिले उनको वास्तविकता देखिएको छ उनले भने अब लेखराज भट्टले चुनावमा कैलाली क्षेत्र नम्बर ४ बाट जित्ने कुनै सम्भावना छैन ।
अब उनले जित्ने सपना नदेखे हुन्छ ।’ उनले थुप्रै चुनौतिका बावजुत पनि माओवादी केन्द्र आफ्रनै अडिगमा रहेकाले अगामी दिनमा देशको पहिलो पाटी बनाउने किसिमले सबैले आ आफ्नो क्षेत्रवाट एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नेकपा माओबादी केन्द्र गोदावरी नगरकमिटि अध्यक्ष मदन कठायतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम प्रदेश सांसद विरभान चौधरीसँगै जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य बलबहादुर महता, जिल्ला सदस्य धर्म सिंह कुबर, सल्लहार मेघराज भट्ट लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै सबै बक्ताहरुले माओवादी केन्द्र पाटी कसैको पेवा नभएकाले कोही बाटो बिराएर अलग भएपनि पाटीलाई कुनै असर नपर्ने बताएका छन् ।