सुदूरपश्चिम सरकारद्धारा खेलकूद ऐन-२०७८ संशोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको खेलकूद ऐन, २०७८ लाई संशोधन गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदले संशोधनको मस्यौदा पास गरेर प्रदेशसभामा लैजाने निर्णय गरेको छ ।

योसँगै मन्त्रीपरिषद बैठकले प्रदेश उच्च शिक्षा सम्बन्धि अध्यायन कार्यदलको (पहिलो संशोधन) गठन र कार्यविवरण, २०७८ लाई स्वीकृत गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जोशीले बताइन् ।

मन्त्री जोशीकाअनुसार बैठकले प्रदेश लोकसेवा आयोग (तेस्रो संशाधन) विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ । यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र डोटीको बडीकेदार गाउँपालिकाको वडा विभाजन सम्बन्धमा ती दुइटै गाउँकार्यपालिकाको सिफारिसलाई संघीय सरकारमा पठाउने गरी स्वीकृत गरेको छ ।

यस्तै बैठकले बाजुरा जिल्लास्थित जगन्नाथ गाउँपालिकाको वडाहरुको संख्या र सिमाना हेरफेर सम्बन्धमा पनि स्थानीय तहको निर्णयलाई पास गर्दै स्वीकृतिकालागि संघीय सरकारमा पठाउने निर्णय गरेको मन्त्री जोशीले जानकारी दिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.