भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.