Dashain Suvakamana

वामदेवद्वारा एमाले समाजवादी पार्टीमा रहेकाे घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा रहने घोषणा गरेका छन् ।उपाध्यक्ष गौतमले आज पार्टी एकता अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

नेता गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथमा लागेर अब केही गर्न नसकिने भन्दै नयाँ तरिकाबाट पार्टी एकतामा जोड दिने बताए । –‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन, अब हामीले विद्रोहबाट अर्को पक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’ नेता गौतमले भनेका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेता गौतमले नेता नेपालसँग पार्टी एकताको जिम्मा दिन आग्रह समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.