Dashain Suvakamana

गाईको गोबरवाट बनाईएकाे साबुन लाेकपृय बन्दै

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् । भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ ।

भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ ।गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ । साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।

गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ । धर्म ग्रन्थहरूमा गाईको दूध र गहुँतलाई पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरेको पाइन्छ ।

एजेन्सी

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.