Dashain Suvakamana

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गते, यस्ताे छ कार्यतालिका

काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ भने भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

भदौ १८ गते- वडा अधिवेशन

भदौ २७ गते- गाउँ तथा नगर अधिवेशन

असोज १ गते- प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन

असोज ५ गते- संघीय निर्वाचन क्षेत्रको अधिवेशन

असोज १०गते- जिल्ला अधिवेशन

र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.