टाेलका तीन किशोरी एकैसाथ सम्पर्क बिहीन भएपछि…
बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट तीन किशोरी सम्पर्कबिहीन भएका छन्। ठकुरबाबा नगरपालिका ९ बेतहनी टोल बस्नेत १६ वर्षका तीन किशोरी शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएको एक किशोरीका अभिभावकले जनाएका छन्। एक किशोरीका अभिभावकले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारामा खोजी गरी पाउँ भनी निवेदन दिएका छन्।
सम्पर्क बिहीन हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं। ९ बेतहनीका बलबहादुर कामीकी १६ वर्षीया छोरी साबित्री बराइली, यमबहादुर परियारकी १६ वर्षीया छोरी यमुना परियार र सोहीस्थानका नारायणबहादुर पुनमगरकी १६ वर्षीया छोरी अनिता पुनमगर रहेको सम्पर्कबिहीन बराइलीका दाजु पूर्णबहादुर बराइलीले दिएको निवेदनमा उल्लेख छ ।
प्रहरीमा सम्पर्कबिहीन भएको निवेदन परेपछि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ईश्वर कार्कीले बताए । प्रहरीले जिल्लाभित्रका साथै जिल्लाको सीमावर्ती क्षेत्रका साथै भारतीय सीमा क्षेत्रका प्रहरीसँग पनि समन्वय गरी खोजीकार्य जारी रहेको बताएको छ ।
किशोरीहरुले कुनैबेला मोबाइल अफरअन गर्ने देखिएकोले आपराधिक घटना नभई कुनै लहड र महत्वाकांक्षाका कारण घर छोडेर हिँडेको हुनसक्ने एसपी कार्कीले बताए । सम्पर्कबिहीन भएका मध्ये पुन मगर र परियारको साथमा मोबाइल रहेको पनि उनीहरुका आफन्तजनले जनाएका छन् ।