जुवा प्रकरणमा मुछिएका कैलालीका पाँच जना प्रहरी निलम्बन

धनगढी । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटलको जुवा प्रकरणमा मुछिएका पाँच जना प्रहरी निलिम्वत भएका छन् । प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच जना प्रहरी हिजो निलम्बित भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेम सिंह धामीलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्ण प्रसाद जैसी र राम सिंह कुवँर प्रदेश प्रहरी कार्यालयको सिफारिसमा निलम्बनमा परेका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अघि बढाईएको बताउदै उनले भने- ‘अहिले उनीहरुलाई निलम्बन मात्र गरिएको हो ।’

अनुसन्धानका क्रममा उनीहरुको कसुर देखिए सोही अनुसार कारबाही हुनेछ, एसएसपी चन्दले भने-‘उनीहरु मुछिएको जुवा प्रकरणमा पेशागत लापरबाही वा आर्थिक पाटो लगायतका सबै विषयमा अनुसन्धान भईरहेको छ ।’

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.