Dashain Suvakamana

सुप विश्वविधलय अन्तरगत ल्याएर गेटा मेडिकल कलेज सञ्चालनकाे माग

कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम (सुप) विश्वविद्यालय अन्तरगत राख्न माग गरिएको छ । बिहिबार सुदूरपश्चिममा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय कंचनपुर मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरिएको हो ।ज्ञापन पत्रमा प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम संचालनको मोडेल अझै तयार नभएकोले यसलाई संचालनमा ल्याउन सुप विश्वविद्यालय अन्तरगत राख्दा उपयुक्त हुने उल्लेख छ ।

‘अहिले आएर मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर संचालन गर्ने भन्ने विषय छ्लफल भएको देखिन्छ । यस सन्दर्भमा सम्मानिय प्रधानमन्त्री ज्यु समक्ष हामी विद्यार्थी संगठनहरु पुरानो प्रणाली अन्तर्गत शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा नभई सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत ल्याएर मेडिकल कलेजको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ ।’ ज्ञापन पत्रमा अगगाडी भनिएको छ- ‘यो विषयलाई सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धि सङ्गै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनु पर्छ ।’

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सह–महामन्त्री अच्युतराज कलौनी, अनेरास्ववियुका केन्द्रिय सचिव गणेश सिंह ऐरी, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सचिव भरत लिसानी, अखिल (क्रान्तिकारी) सेतिमहाकालीका संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष उमेश विष्ट, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका कार्यवाहक संयोजक पुष्कर जोशी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन सुदूरपश्चिम प्रदेश संयोजक द्रोणाचार्य अवस्थी र अखिल (छैटौं) सुदूरपश्चिम प्रदेश सदस्य पुष्कर भट्टद्धारा जारी ज्ञापन पत्रमा मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालय अन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गर्न माग गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.