आन्तरिक पर्यटकहरुकाे राेजाईमा डाेटीकाे बगलेक

डाेटी। डाेटी पुर्बिचौकी गाउँपालिका वडा नं. २ बगलेक आन्तरिक पर्यटकको आकर्षणको केन्द्रमा परिणत भएकाे छ । डोटी जिल्ला सदरमुकाम सिलगढी दिपायलका स्थानीय तथा बाह्य जिल्लाबाट आउने पर्यटकको रोजाईमा बगलेक पर्न थालेको डाेटी चेम्बरका सचिव तेजबहादुर डुम्रेलले बताए ।

कामको ब्यस्तता तथा बिभिन्न कारण खप्तड पुग्न नसक्नेहरु बगलेकमा पुगेर रमाउने गरेको स्थानीय भिम ठकुल्लाले बताए । ठकुल्लाले भने No description available.‘यहाँ दैनिकजसो मान्छेहरु आईरहन्छन्, शनिबार बिशेष घुईँचो नै हुन्छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला सदरमुकामबाट पिच सडक निमार्ण गरि दिएपछि आधा घण्टाको गाडीको यात्रामा डाेटी जिल्लाको सदरमुकाम सिलगढि पुग्न सकिने बगलेकमा दैनिक दुई सय भन्दा बढीले घुम्न जाने गरेका छन् ।

परिवार तथा साथी सहपाटी मिलेर बगलेक जाने पिकनिक खाने तथा रमाईलो गर्नुका साथै गर्मी समेत छल्नका लागी बगलेक जाने गरेको र आज आफ्नो टिम पनि पुगेको डेउडा प्रतिष्ठान डाेटिका अध्यक्ष शेर बहादुर साउदले बताए । यस्तै खप्तड जाने मुलबाटो बिचमा रहेको बगलेक खप्तड कै झल्को दिने गरेका पाटनका कारण यस्लाई मिनि खप्तडको उपमा समेत दिने गरिएको छ ।

खप्तड जस्तै पाटन, घोडामा यात्रा, बनभोज खान पाईने, स्थानीय उत्पादनहरु आलू , मकै, निहुँरो खान पाइने तथा अन्य घरेलु उत्पादनका बस्तुहरु पाइने भएको पनि बगलेग पर्यटकको रोजाईमा पर्ने गरेकाे छ, नजिकै रहेको पाेखरि अनि छाेटाे दुरिका लागि सस्तैमा घाेड सवारी गर्न पाईने भएकोले पछिल्लो समय बलगेक चर्चामा रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.