Dashain Suvakamana

केन्द्रमा एमाले विवादले प्रदेशसभा अनिश्चित

बजेट पारित गरेपछि गत असार २८ मा स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । तीन साताभन्दा बढी समय भइसक्दा पनि बैठक राख्नेतर्फ ध्यान दिन सकेको छैन । पछिल्लो समय राजनीतिक उतारचढावले बैठक अनिश्चित बनेको हो ।

केन्द्रमा एमाले सरकारको बहिर्गमनपछि प्रदेशमा पनि उथलपुथल भएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकार हटेपछि सोही समूहका डोरमणि पौडेल सरकार पनि धर्मराएको हो । केन्द्रमा एमालेको माधव नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि प्रदेशमा पनि एमाले दुई भागमा विभाजित छ ।

प्रदेशको नीति तथा कार्यक्रम एवं बजेट पारित गरेर एमाले एक भएको सन्देश दिन खोजिए पनि आन्तरिक किचलोका कारण सरकारले राम्रोसँग काम गर्न सकेको छैन । सरकार ढल्ने डर भएपछि सत्ता बाँडफाँट गरेर आफ्नो आयु लम्ब्याउने तयारीमा प्रदेश सरकार लागेको छ । सत्तारूढ एमालेभित्र देखिएको विवादका कारण प्रदेशसभाको बैठक राख्न नसकिएको भए पनि सभामुख सानुकुमार श्रेष्ठले बिजनेस नभएका कारण बैठक नबोलाइएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.