Dashain Suvakamana

राष्ट्रिय परीक्षा बोर्डले गर्याे कक्षा १२ को परीक्षा स्थगित

काठमाडौ । यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयकाे सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले हाललाई परीक्षा स्थगन गरेकाे हाे ।

यसअघि स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ । यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने पनि बोर्डले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.