कैलालीमा काेराेना संक्रमण घट्दै
धनगढी । कैलालीमा काेराेना संक्रमण घट्दै गएकाे छ । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमित रहेकाे कैलालीमा पछिल्लाे दिन घट्दै गएकाे अस्पतालकाे तथ्याङले जनाएकाे हाे ।
आज पनि सेती प्रादेशिक अस्पतालमा उपचाररत १० कोरोना संक्रमित निको भएर घर फर्केका छन् । अस्पतालले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अस्पतालमा थप ४ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन । यो संगै अस्पतालमा कोरोना उपचाररत विरामीको संख्या २३ पुगेको छ ।
जसमध्ये ६ जना आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन । यसअघि शुक्रबार अस्पतालमा कोरोना उपचारका लागि ६ बिरामी भर्ना भएका थिए भने २ जनाले उपचारका क्रममा ज्यान गुमाएका थिए ।
यसैवीच अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ६९ नमूनाको कोरोना जाँच गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जवकी शुक्रबार सेतीमा १ सय २१ नमूनाको कोरोना परिक्षण गराउँदा २४ जनामा संक्रमण पुष्टि भएको थियो ।