एसईईको नतिजा आजै, यसरी हेर्न सकिनेछ रिजल्ट
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेकाे बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।
कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । साेही नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दाेस्राे साताभित्रै तनिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएकाे थियाे ।
नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमकाे फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ ।