Dashain Suvakamana

भीम रावललाई प्रेम आलेको प्रश्न: मैदानमा कमान्डरलाई छाडेर भाग्न मिल्छ ?

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकमा नेताहरुबीच घोचपेच जारी छ । उपाध्यक्ष तथा एकता कार्यदलमा नेपाल समूहका संयोजक भीम रावल सबै नेताहरुको तारो बनेका छन् ।

बानेश्वरको एक पार्टी प्यालेसमा जारी बैठकमा रावलमाथि नेपाल समूहलाई धोका दिन लागेको भन्दै अधिकांश केन्द्रीय सदस्यहरुको प्रश्न उठाएका छन् । यसैक्रममा शुक्रबारको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर माधव क्याम्पमा पुनः प्रवेश गरेका सुदूरपश्चिमकै सांसद प्रेम आलेले पनि रावलमाथि प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा वनमन्त्री बनेका आलेले केन्द्रीय कमिटी बैठकमा बोल्दै युद्धको मैदानमा रहेको अवस्थामा कमान्डरलाई एक्लै छाडेर भाग्न नमिल्ने बताए । उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा रावलको भूमिकामाथि प्रश्न गरेका हुन् ।

नवौँ महाधिवेशनमा नेपाल गुटबाटै जितेर रावलकै कारण ओली समूहमा पुगेका आले दोस्रो पटक संसद विघटन भएपछि फेरि नेपाल गुटमै फर्किएका हुन् । तर, उनले आफूले अन्तिम अवस्थामा फेरि नेपाललाई साथ दिएको भन्दै रावलमाथि प्रश्न गरे । उनले भने, ‘माधव नेपाल हाम्रो कमाण्डर हो । युद्धको बेला कमान्डरलाई मैदानमा एक्लै छाडेर सिपाही भाग्न मिल्छ ? फौजमा हो भने कोर्टमार्सल हुन्छ ।’

रावल समेतले लडेर ल्याएको संसदलाई जोगाउने गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने समयमा राजीनामा दिएर भागेको भन्दै कोटमार्सलको प्रसंग जोडेका हुन् । आलेले अब मिलेर एकतावद्ध भएर माधव पक्षमा लाग्न पनि रावललाई आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.