Dashain Suvakamana

बेङलाेर हिडेका एक युवाकाे मृत्युपछि धनगढी वसपार्कमा ढुङ्गामुडा

धनगढी । कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ। साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो ।

मृतकका आफन्तले भने उनको हत्या भएको दाबी गरेका छन्। उनीहरुले धनगढीको बसपार्कमा रहेको ट्राभल्सको कार्यालयमा ढुंगामुडा गरेका गरेका छन्। उनी भारत हिँडेको चार दिनपछि साउन १९ गते मृत्युको आफन्तलाई खबर गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बसबाट हाम फालेको खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भइरहेको बताए।

मृतकको शव नेपाल ल्याउने कार्य भैरहेको उनले जानकारी दिए। यता ट्राभल्सका सञ्चालक दीपक विष्टका अनुसार पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दाबी गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.