Dashain Suvakamana

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिश शेरचनले बिहीबार सूचना जारी गर्दै साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन २७ गते दिउँसो १ बजे बस्‍ने सूचनामा उल्‍लेख छ ।

मंगलबार विपक्षी गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन पत्र दर्ता गराएको थियो । उनीहरूले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.