Dashain Suvakamana

‘तेस्राे लहरकाे काेराेनामा मानवीय क्षति न्युन बनाउन्छाैं’-मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट केही दिनयता अनुगमनमा व्यस्त रहेका छन् ।सुदूरपश्चिम प्रदेशमा बन्न लागेका याेजनाकाे गुणस्तर र जनताकाे आशा र अपेक्षा बमाेजिम समयमै सम्पन्नका लागि खबरदारी आवश्यक हुने भएकाले फिल्डमै गएर अनुमगन गर्न लागेकाे उनले बताए ।

No description available.देशकाे संघीय सत्ता समिकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन हुने आंकलन गर्नेहरुले मुख्यमन्त्री याे हुने वा, उ हुने भनि चर्चा बिचर्चा गरिरहेका बेला मुख्यमन्त्री भट्ट भने राजनैतिक शक्ति धाउनुभन्दा निरन्तर आफ्नाे काममा व्यस्त छन् । झुट्टाे आश्वासन र खाेक्राे प्रचार फिटिक्कै मन नपराउने मुख्यमन्त्री प्रदेशसभाबाट चालु आर्थिक वर्षकाे बजेट पास भएपछि केही फुर्सदिला देखिन्थे । तर, विश्व स्वास्थ्य संगठन र स्वस्थ्य मन्त्रालयले तेस्राे लहरकाे काेराेना आउनसक्ने चेतावनी दिएपछि उनी अव तेस्राे लहरकाे काेराेनामा मानवीय क्षति न्युन गराउने धाउन्नमा लागेका देखिन्छन् ।

यसैक्रममा शनिवार धनगढीस्थित त्रिनगर नाका नजिक २८ करोड ८१ लाखमा निर्माण भइरहेको होल्डिङ सेन्टरकाे अबलाेकन गरे, जहाँ  भारतवाट आउनेकाे परीक्षणपछि आईसाेलेसन तथा उपचार गर्न नेपाली सेनाले ५५ वटा भवन निर्माण गर्दैछ ।अनुगमनका क्रममा मुख्यमन्त्रीसँग स्थानीय जनप्रतिनिधीले माेहना नदीले कटान गर्नसक्ने र हाेल्डिङ सेन्टरसम्म पक्की सडककाे माग गरेपछि २/३ दिनभित्रै त्यहाँकाे स्टीमेट तयार पारेर ल्याउन उनले सराेकारवाला निकायलाई निर्देशन दिएका छन्।No description available.

काेराेनाकाे तेस्राे लहरलाई मध्यनजर गरेर सेती प्रादेशिक अस्पतालमा बनाउन लागिएकाे थप दाेस्राे काेराेना अस्पतालकाे अनुगमन गरेका छन् । विषयगत सामाजिक विकास मन्त्री र सराेकारवाला स्वास्थ्य अधिकारीसहित आज साेमवार अनुगमनमा त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले निर्माण व्यबसायीलाई छिटाे सम्पन्न गर्न निर्देशन दिए । यस्तै उनले सेती अस्पतालमा बन्दै गरेकाे थप आईसीयू तथा एमआरआई नयाँ भवनकाे पनि अनुगमन गरे ।

मुख्यमन्त्री भट्टले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने व्यबसायीलाई कालाे सूचिमा राखिने चेतावनी समेत दिए । उनले सेती प्रादेशिक अस्पतालमा केही दिनमै निर्माण हुने ठूलाे अक्सिजन प्लाण्टकाे लागि अस्पताल आसपासमै जमिन (ठाउँ)काे ब्यवस्था गर्न सराेकारवालाई निर्देशन दिए ।

आज नै मुख्यमन्त्री भट्टले राजपुरस्थित सुदूरपश्चिम आयुर्वेदिक अस्पतालकाे निर्माण सम्पन्न तयारीमा रहेकाे भवनकाे पनि अनुगमन गरेका छन् । संघीतासँग पहिलाे पटक स्थापना हुन लागेकाे साे अस्पतालवाट पनि काेराेना नियन्त्रण गर्न ठूलाे सहायता मिल्ने विश्वास लिईएकाे छ । त्यहा पनि मुख्यमन्त्री भट्टले छिटाे निर्माण सम्पन्न गरी सेवा सुचारु गर्न सराेकारवालालाई निर्देशन दिए ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.