माओवादी नै भएको बताउने टोपबहादुर र लेखराज एमाले बैठकमा
काठमाडौं । नेकपा एमालेमा नरहेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्ट एमाले स्थायी कमिटी बैठकमा उपस्थित भएका छन् ।
आइतबार ललितपुरको च्यासलमा जारी कमिटीको बैठकमा रायमाझी र भट्ट दुवै सहभागी भएका हुन् ।
साउन १३ गते सर्वाेच्चमा पुगेर आफूहरु नेकपा एमालेमा नरहेको भन्दै सांसद पद पुनरबहालीको माग गर्दै बयान दिएका उनीहरुको मुद्धा सुनुवाईकै क्रममा छ ।
कहिले माओवादी कहिले एमाले बताउँदै आएका उनीहरु अहिले फेरि एमालेको बैठकमा देखिएका छन् ।