Dashain Suvakamana

मुख्यमन्त्री भट्टद्वारा त्रिनगर नाकामा बन्दै गरेकाे हाेल्डिङ सेन्टरकाे अनुगमन

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित त्रिनगर नाकामा बन्दै गरेकाे हाेल्डिङ सेन्टरकाे अनुगमन गरेका छन् । निर्माणकाे जिम्मा पाएकाे नेपाली सेनाकाे काम राम्राे रहेकाे भन्दै उनले ताेकिएकाे समयभित्रै सक्न समेत निर्देशन गरे ।

May be an image of one or more people, people standing, tree and outdoorsअनुगमनका क्रममा मुख्यमन्त्री भट्टले भवन निर्माणसँगै हाेल्डिङ सेन्टरलाई आवश्यक पर्ने अन्य सामाग्रीहरु के के चाहिन्छन् याेजनासहित प्रदेश सामाजिक मन्त्रालयमा बुझाउन स्थानीय धनगढी उपमहानगरलाई आग्रह गरेका छन् । साेही क्रममा स्थानीय जनप्रतिनिधी तथा समाजका अगुवाहरुले नदी कटानले जाेखिम पारेकाे देखाउदै स्थायी तटबन्धनकाे माग गरेका थिए ।

स्थलगत अवलाेकनमा रहेका मुख्यमन्त्री भट्टले मोहना नदी कटान जोखीम न्युनिकरणका लागि ७ सय मिटर नदी नियन्त्रण कार्य गर्ने प्रतिवद्धता गरेकाे ३ नम्वर वडाका वडाअध्यक्ष बलवहादुर ऐरले बताए ।

अनुगमनमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्रि लालवहादुर खडका, धनगढी उपमहानगरपालिका प्रमुख नृपवहादुर वड, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुखहरु, धनगढी वार्ड नं ३ का वाडअध्यक्ष  वलवहादुर ऐर तथा जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेकाे थियाे । May be an image of outdoors and tree

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.