दक्षिणपन्थीको मतियार माधब नेपाललाई ‘अब पार्टीमा ठाउँ छैन’ ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि अब पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्। आफ्नो नेतृत्वको सरकारलाई ढालेर दक्षिणपन्थी सरकार बनाएको भन्दै उनले नेपाललाई एमालेमा ठाउँ नभएको बताएका हुन्।
काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले नेपालले निर्लज्ज गतिविधि गरिरहेको बताए। साथै माधव नेपाललाई दक्षिणपन्थीको मतियार भएको आरोप समेत लगाएका छन्। ओलीले नेपाल बाहेकका नेताहरुलाई भने आफू पार्टीमा स्वागत गर्न तयार भएको बताउदै भने- ‘अरु साथीहरु महसुस गरेर फर्कनहुन्छ भने हामी तयारै छौं। आउनुस यो पार्टी हामी सबैले बनाएका हौँ गल्ती भइहाल्यो भने पनि क्षमा गरौंला।’
ओलीले नेपाल बाहेकका नेताहरुलाई एमालेमा फर्काउन संवाद भइरहेको समेत बताए।आउन चाहनेलाई स्वागत गर्न आफू तयार रहेको भए पनि नेपाल पक्षलाई पार्टीमा फर्काउनकै लागि आफू नरोकिने बताए। यसअघि पनि ओलीले असार ३० गते बालुवाटारबाट बिदाइ भएपछि आफ्नो निजी निवास बालकोटमा नेपाललाई ‘गद्दार’ घोषणा गर्दै एमालेमा फर्कने ठाँउ नभएको बताएका थिए।
ओलीले नेपाललाई पार्टीमा आत्मालोचनाको ठाँउ नभएको उद्घोष गरे पनि एमालेका दोस्रो तहका नेताहरु भने संवादमा जुटिरहेका छन्।