प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुर ज्याला नपाएपछि आन्दाेलित
धनगढी । बैतडीको पाटन नगरपालिका-८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुले काम गरेकाे ज्याला नपाएपछि आन्दाेलमा उत्रेका छन् । पाटन नगरपालिकाकाे वडा नम्बर ८ कार्यालयमा तालाबन्दी गरेर आन्दाेलनमा उत्रेका उनीहरुसँग सर्वदलिय बैठकले एक महिना समय मागेपछि आन्दाेलन स्थगित गरेका छन् ।
वडा नम्बर ८ का तीन वटा योजनाको ३९ लाखमा सम्झौता भएको थियो। तर सो रकममध्ये ८ लाख ५२ हजार मात्रै निकासा भएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले उक्त वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। सर्वपक्षीय बैठकले अब उनीहरुलाई एक महिनाभित्र पारिश्रमिक दिइने भनेपछि सहमती भएको छ।
शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगरपालिकासँग भाद्र १५ गतेभित्रै बाँकी रकम निकासाका लागि अनुरोध गर्ने निर्णय गरेपछि मजदुरहरुले सहमती जनाएका हुन्। यो सँगै उनीहरुले आफूहरुको आन्दोलन स्थगित गरेका छन्।