Dashain Suvakamana

गतबर्ष सवारी दुर्घटनामा परि सुदूरपश्चिममा १८७ जनाको मृत्यु

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा भएका सबै प्रकारका सबारी दुर्घटनामा १८७ जनाकाे मृत्यु भएकाे हाे ।

उक्त कार्यालयका अनुसार सवारी दुर्घटनमा पाँच सय ८७ जना गम्भिर घाईत भएका छन् भने पाँच सय ९ जना सामान्य घाईते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै भन्दा बढी मंसिर महिनामा ३१ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा कुल ३ सय ३ सय ८६ सवारी दुर्घटनामा परेकोमा सो संख्या आर्थिक बर्ष २०७७/०७८ मा सो संख्या दोब्बरले बढेर ७ सय ८३ पुगेको छ । सो अवधिमा सवारी साधन दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पनि बढी रहेको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा १ सय ४३ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा सो संख्या बढेर आर्थिक बर्ष २०७७/०७८ मा १ सय ८७ पुगेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.