Dashain Suvakamana

जागिरको प्रलोभ देखाई भारत बेच्न लगिएका किशोरीसहित २ युवती पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  झापा विर्तामोड–९ की २० वर्षीया लक्ष्मी दास र इटहरी उपमहानगरपालिका–१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन् ।

झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको बिहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याइ बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि पर्सा प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो । उनीहरुले किशोरीलाई वीरगन्जको अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइने प्रलोभन पारी वीरगन्ज बसपार्कमा ल्याएका प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

साथै उनीहरुले काम गर्ने ठाउँसम्म लैजाने भन्दै झुक्याएर भारतको बिहार छौंडादानो भनने स्थानमा लगेर भारतकै अर्को ठाउँमा पठाउन खोजिएको खुलेको छ । पक्राउ परेका दुई युवतीलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.