संघीयता भत्काउन कमल थापासँगै ओली र मिश्रले भाका मिलाए : संग्रौला

काठमाडौँ । लेखक खगेन्द्र संग्रौलाले संघीयता र धर्मनिरपेक्षता उल्ट्याउन केपी ओली, कमल थापा र रवीन्द्र मिश्रको ‘भाका’ मिलेको दाबी गरेका छन् ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने, गणतन्त्र र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि संग्रौलाले उनको यो प्रस्ताव एक्लै अघि बढेकोमा समेत आशंका गरेका छन् ।

मिश्रको त्यो प्रस्तावले ओली र कमल थापाहरु खुसी भएको भन्दै संग्रौलाले उनीहरु मिलिजुली संघीयता र धर्मनिरपेक्षता उल्ट्याउने उद्योगमा लागेको आरोप लगाएका छन् ।

‘रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने उद्योग एक्लै  शुरू गर्‍या होलान् र ? कुरो सुनेर राजभक्त कमल थापा दङ्ग छन् । प्रवक्ता महेश बस्नेतले केपी ओलीको लाइन यही हो भन्ने संकेत गरिसके,’ बिहीबार बिहान संग्रौलाले ट्वीट गर्दै भनेका छन्, ‘उस्तैउस्ता सँगै जाऔँ, मिलिजुली भत्काइदिऔँमा यी तीन वीर पुरूषको भाका मिलिसक्यो त!,’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.