Dashain Suvakamana

सुदूरपश्चिम सरकारले नाका र एयरपाेर्टमा काेराेना परीक्षण गरेर मात्रै भित्र्याउने

धनगढी । सुदूरश्चिम प्रदेश सरकारले प्रदेश भित्रिने सबै जनाकाे काेराेना परिक्षण गर्ने भएकाे छ । मुख्यमन्त्री अध्यक्ष रहेकाे प्रदेश काेराेना संकट व्यबस्थापन गर्न गठित निर्देशक समितिले काेराेना भाईरसकाे तेस्राे लहरकाे संक्रमण राेकथाम तथा नियन्त्रण गर्न यस्ताे तयारी गरेकाे हाे ।

प्रदेश निर्देशक समितिकाे आज बसेकाे बैठकले सुदूरपश्चिम प्रदेश भित्रिने भारतसँगका सबै नाका र धनगढी एयरपाेर्टमा एन्टिजेन प्रविधिवाट काेराेना परिक्षण गर्ने निर्णय गरेकाे छ । यस्तै बैठकले सरकारलाई यसअघि स्थानीय तहमा गरिएकाे लगाानीमा थप ब्यवस्था गर्दै No description available.बालवालिकालाई मध्येनजर गरेर सबै जिल्ला र प्रादेशिक अस्पतालमा अक्सिजन भेन्टिलेटर र आईसियु बेड तयारी अवस्थामा राख्ने, काेराेना बिरुद्धकाे खाेपलाई उचित व्यबस्थापन गर्न तथा राेकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहसँग समन्वय गरेर जाने निर्णय गरेकाे छ ।

कैलाली कञ्चनपुरमा बन्दै गरेका हाेल्डिङ सेन्टर आइसेलेसन लगायतलाई तयारी अवस्थामा राख्ने र आवश्यक भाैतिक पूर्वाधारहरु तथा सर्जिकल स्वास्थ्य सामाग्रीकाे जाेहाे मिलाउन सिफारिस गरेकाे बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए  ।

अति आवश्यक स्वास्थ्य सामाग्रीकाे आपुर्ति तथा व्यबस्थापनकाे जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई र स्वास्थ्यका मापदण्ड पालना गराई विकास निर्माण तथा अन्य कानूनी कार्यकालागि सबै जिल्ला प्रशासनलाई जिम्मेवारी दिइएकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले बताए । यी सम्पूर्ण कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा जनप्रतिनिधिले सघाएर सामुहिक प्रयासवाट मानवता बिरुद्धकाे काेभिड जित्ने उनकाे दावी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.