Dashain Suvakamana

सुदूरपश्चिमका ३ लाख बढीलाई बुधवारदेखि कोरोनाविरुद्धको खोप लगाइने

धनगढी । सुदूरपश्चिम प्रदेशमा साउन १३ गते बुधवारदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। यसबेला प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जानकारी दिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो। भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह-चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाने छ।

यस्तै जोनोसेन एण्ड जोनसन खोप  ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरणको काम जारी रहेको बताए। उनले कञ्चनपुर, डडेल्धुराका लागि खोप गइसकेकाे भन्दै डोटी र अछामका लागि खोप पठाउने तयारी थालिएको बताए।

प्रदेशका सबै जिल्लामा चाँडो खोप पुगाउने गरि काम थालिएको स्वास्थ्य सेवा निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल पठाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.