Dashain Suvakamana

जंगली च्याउ खाएका बाबु छोराको मृत्यु

जंगली च्याउको तरकारी खाँदा इलाममा बाबु-छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका १ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए ।

वडाध्यक्ष टेकबिर लिम्बुले भने, ‘बिरामी परेपछि दुईरतीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।’ साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए ।जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ ।

‘च्याउको तरकारी बाबु(छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन,’ उनले भने, ‘धामीझाँक्री गर्नाले बाबु(छोरा बिते, बेलैमा अस्पताल लगेको भए यस्तो घटना हुँदैनथ्यो होला ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.