सरकारका न्यूनतम साझा कार्यक्रम घोषणा गर्नुपर्छ : माओवादी केन्द्र
काठमाण्डाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका न्युनतम साझा कार्यक्रम तय गर्नुपर्ने बताएको छ।गठबन्धनका तर्फबाट न्युनतम साझा कार्यक्रम तय गरिनुपर्ने माओवादी केन्द्रको भनाइ छ।
आज बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले गठबन्धनबाट न्यनुतम साझा कार्यक्रम तय गर्दै सरकारले संविधान तथा कानुनले दिएको सीमाभित्र रहेर कार्यान्वयन गर्नुपर्ने बताए। सरकारका नीति, योजना तथा आचरण पहिलेका सरकारकोजस्तो हुन नहुने पनि माओवादी केन्द्रको भनाइ छ।
‘छिटोभन्दा छिटो गठबन्धनबाट न्युनतम साझा कार्यक्रम ल्याउनुपर्छ। प्राथमिकताका साथ ल्याइने ती कार्यक्रम सरकारले कार्यान्वयन गर्ने हो,’ उनले भने माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ । यहीसाउन २० गते पार्टी केन्द्रीय समितिकाे बैठक, १७ गते स्थायी समितिकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
न्युनतम साझा कार्यक्रम ल्याउन गठबन्धनमा रहेका दलहरूले कार्यदलसमेत बनाइसकेको र काम भइरहेको दाबी श्रेष्ठको छ। देउवालाई कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेका गरी १६५ जना सांसदले विश्वासको मत दिएका थिए।