Dashain Suvakamana

एमाले केन्द्रीय कमिटी बस्दै : माधव नेपाल पक्षको कारवाही अघि बढ्ला ?

काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई भोट हाल्ने २२ सांसदलाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

सोमबार बसेको बैठकले पार्टी नीति विपरीत देउवालाई भोट हालेको भन्दै २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यस विषयमा थप कारवाही अघि बढाउने र औपचारिक निर्णय गर्न आज दिउसो तीन बजे बैठक बस्न लागेको हो ।

माधव नेपाल पक्षका १४ जना र अध्यक्ष ओली निकटका ८ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्रीमा देउवालाई भोट दिएका थिए । अन्य १० सांसद कतै पनि खुलेका थिएनन् । तर उनीहरुले पनि विश्वासकाे मतकाे विपक्षमा भाेट हाल्ने पार्टीकाे ह्वीप उलंघन गरेका थिए । यस अघिदेखि नेपालप्रति आक्रामक रहँदै आएका ओलीले पछिल्लो समय उनीबाहेकको एकता चाहेको समाचारहरु आइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.