बुधवार बकर ईदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेललाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने, साउन ६ गते सार्वजनिक बिदा दिने र खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।