जाँदाजाँदै ओली सरकारले सार्वजनिक सवारीको भाडा बढायो (सूचनासहित)
काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको हाे।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ।बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय गरिएको छ।