Dashain Suvakamana

टोकियो ओलम्पिकमा नेपालबाट को-को जाँदैछन् ?

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टिमले सहभागिता जनाउने भएको छ ।मित्रराष्ट्र जपानकाे राजधानी टाेकियाेमा आयाेजना हुने ग्रीष्मकालिन ओलम्पिक २०२० यही जुलाई २३ देखि अगष्ठ ८ सम्म चल्दै छ ।

टोकियो ओलम्पिकमा खेलाडीतर्फ पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाहले सहभागिता जनाउने छनभने सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथ्लेटिक्सका सरस्वती चौधरी ओलम्पिकमा सहभागी हुनेछन् । यस्तै प्रशिक्षकतर्फ पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । जसमध्ये पौडीका दुई र एथ्लेटिक्सका एक जना खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउनेछन् । बाँकी दुई खेलाडी भने आमन्त्रित अर्थात् वाइल्ड कार्डको आधारमा सहभागी हुने जनाइएको छ ।

ओलम्पिकमा नेपाली टिमको सेफ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल रहनेछन् । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाउनेछन् । नेपाल ओलम्पिक कमिटीबाट उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्षद्वय तेजबहादुर गुरुङ र सुनिलकुमार श्रेष्ठ, सहमहासचिव पिताम्बर तिमल्सिनालगायत टोकियो ओलम्पिकमा सहभागी हुनेछन् ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, मेडकल टिमबाट डा. नविशमान सिंह प्रधानलगायत पनि टोकियो जानेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.